काठमाण्डौ । पछिल्लो २४ घण्टामा २ हजार ८२४ कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा कोरोनालाई जित्नेहरुको संख्या ३ हजार ६२० रहेको छ । 

गत २४ घण्टामा देशभर गरिएको १३ हजार २३ को पीसीआर परीक्षण गर्दा २ हजार ८२४ को रिपोर्ट पोजिटिभ आएको हो । थपिएका नयाँ संक्रमितमध्ये १६२२ जना उपत्यकाका तीन जिल्लाका रहेका छन् । काठमाण्डौमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ संक्रमित थपिएका हुन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा भएको पीसीआर परीक्षणको कुल संख्या १४ लाख ५६ हजार ३६६ पुगेको छ । 

यस्तै, थप निको भएकासहित डिस्चार्ज हुनेको कुल संख्या १ लाख ३४ हजार ८४२ जना पुगेको छ । निको हुने दर ७७.७ प्रतिशत पुगेको छ ।

गत २४ घण्टामा देशभर थप २३ संक्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९६० पुगेको छ । 

आइतबारसम्म देशभर २८३ संक्रमितको आइसियू तथा ७८ जनाको भेन्टिलेटरमा राखेर उपचार गराइराखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।