काठमाण्डौ । कोभिड १९ संक्रमितको उपचार गर्नुअघि धरौटी माग गर्ने देशभरका सबै अस्पतालहरुलाई सरकारले स्पष्टीकरण सोधेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपचारअघि धरौटी लिने र माग गर्ने सरकारी अस्पतालहरुलाई स्पष्टीकरण सोधिएको हो ।
मन्त्रालयले स्पष्टीकरण सोध्दै सबै अस्पतालहरुलाई धरौटी नलिई कोभिड संक्रमितको उपचारको व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।
तर, सरकारले पैसा तिर्नसक्नेसँग भने उपचार खर्च लिने पूर्व निर्णयलाई हेरफेर गरेको छैन । सक्नेसँग लिने र नसक्नेको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय यथावत नै रहेको छ । डा. गौतमले भनेका छन् ।
यसैबीच, सरकारले कोभिड १९ बाट मर्नेहरुको संख्याको विषयमा देखिएको द्विविधा निवारणका लागि एक समिति गठन गरेको र त्यसले आफ्नो काम अन्तिम चरणमा पुर्याएको समेत डा. गौतमले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा इपिडियोमोलोजी महाशाखा प्रमुख र सिसिएमसीका एक प्रतिनिधि सदस्य रहने गरी कात्तिक २ गते नै गठन भएको समितिले आफ्नो काम धमाधम गरिरहेको र वास्तविकता केही दिनपछि बाहिर आउने उनले जानकारी दिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago