 
                     
                                
                             
                                    काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसविरुद्धका भ्याक्सिनहरु धमाधम विकास हुँदै सहज उपलब्धताको आशा बढेसँगै नेपालसँगै एसियाली सेयर बजारहरुमा बहार आउन थालेका छन्।
नेपालको सेयर बजारमा हिजो आइतबार हरियाली छायो। यो दिन सेयर कारोबार मापक नेप्से परिसूचक झन्डै पौन २२०० को विन्दुमा उक्लियो। राजनीतिक घटनाक्रम अस्थिर बने पनि कोरोना भ्याक्सिन सहज उपलब्धको आशा, न्यून ब्याजदरमा सेयर धितो कर्जा अनि ब्रोकर कमिसन कटौतीजस्ता कारणले लगानीकर्ताको मनोबल उच्च बन्दा बजारले बुक रन समातेको विश्लेषकहरु बताउँछन्।
अन्य क्षेत्रमा पैसा खन्याउँदा डुब्ने त्रासले लगानीकर्ताहरुले यतिबेला सेयर बजारमा लगानी गरिरहेका छन्। अर्कोतिर अनलाइन प्रणालीबाटै सहजै सेयर कारोबार हुन थालेपछि पनि बजारले सकारात्मक दिशा लिइरहेको छ।
नेपालमात्र होइन यतिबेला अधिकांश एसियाली बजारले सेयर कारोबारले तीव्रता लिँदा सकारात्मक दिशा लिएका छन्। आज हङकङको हङकङ इन्डेक्स १७२ अंकको बढोत्तरीका साथ २७४०४ को विन्दुमा कारोबार गरिरहेको छ।
उता चीनको संघाइ कम्पोजिट इन्डेक्स पनि १८ अंकको उछाल आएर ३४९१ को उचाइमा पुगेको छ। जापानको निक्केई इन्डेक्स भने १९९ अंकले घटेर २७४४४ को विन्दुमा कारोबार भइरहेको छ।
यसैगरी कोरोनाको दुइटा भ्याक्सिनले मन्जुरी पाएसँगै छिमेकी मुलुक भारतको सेन्सेक्स पहिलोपटक ४८ हजारको विन्दु पार गरेर कारोबार भइरहेको छ। यो समाचार तयार पर्दासम्म इन्डेक्समा २३८ अंकको उछाल आएर ४८१०७.७३ को विन्दु पार गरिसकेको छ। त्यस्तै निफ्टी पनि ७२.७० अंकले बढ्दै १४०९१.२० को विन्दुमा पुगेको छ।
बीएसईमा लिस्टेड कम्पनीहरुको कुल बजार पुँजीकरण भारु १९० लाख करोड पार गरेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19