काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा १४५ जना कोरोना संक्रमित थपिएको हुन्। योसँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ। 

पछिल्लो २४ घन्टामा थप ९० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमितमुक्त हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ। अझै १ हजार १८२ जना संक्रमणमुक्त हुन बाँकी छन्। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २० पुगेको छ। 

नेपालमा हाल कोरोनामुक्त हुने दर ९८.४८ प्रतिशत रहेको छ भने मृत्यु दर १.०९ प्रतिशत र संक्रमणमुक्त हुन बाँकी दर ०.४३ प्रतिशत रहेको छ।