काठमाण्डौ । पछिल्लो २४ घन्टामा नेपालमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १२० थप कोरोना संक्रमित फेला परेका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ। 

यसैगरी पछिल्लो २४ घन्टामा ८५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार २७२ पुगेको छ। 

हालसम्म कोरोना संक्रमण ३ हजार २० को मृत्यु भइसकेको छ भने १ हजार २१७ जना संक्रमितको उपचार भइरहेको छ।