काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर २ हजार ७२७ जनाको पीसीआर परीक्षण गर्दा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा मात्रै ६८ जना संक्रमित थपिएको छ। जसअनुसार काठमाण्डौमा ५८, ललितपुर १० र भक्तपुरमा १ जना रहेका छन्। 

यीसँगै हालसम्म नेपालमा २ लाख ७७ हजार ७६८ जना संक्रमित भइसकेका छन्। 

यसैगरी यो अवधिमा १६१ जना संक्रमणमुक्त भएका छन्। यीसँगै संक्रमणमुक्त हुने संख्या २ लाख ७३ हजार १२३ पुगेको छ। 

हाल १ हजार १६१३ जना संक्रमितको उपचार भइरहेको छ।

यस्तै पछिल्लो २४ घन्टा थप १ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। योसँगै ज्यान गुमाउनेको संख्या ३ हजार ३२ पुगेको छ।