काठमाण्डौ । नेपालमा पनि कोरोना संक्रमण भूसको आगो झै फैलिन थालेपछि संभावित संकट टार्ने सबै विकल्प खोजिरहेको सरकारले रुसले बनाएको कोरोना खोपलाई समेत आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
मंगलबार औषधि व्यवस्था विभागले रूसको गामेलया रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले विकास गरेको कोरोना खोप स्पुतनिक–५ लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।
केही दिनअघि भारतले समेत रुसको सो खोपलाई प्रयोगका लागि आपतकालीन अनुमति दिइएको जनाएको थियो । भारतको यो कदमको केही दिनपछि नेपालले समेत त्यस्तो अनुमति दिएको हो ।
अन्तराष्टिय संचारमाध्यमहरुका अनुसार रुसको स्पुतनिक–५ नामको खोपको प्रभावकारिता ९१.६ प्रतिशतसम्म हुने देखिएको छ ।
नेपालमा स्पुतनिक खोप आयातका लागि लोमस फर्मास्युटिकल्सलाई अनुमति दिइएको छ । लोमस नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेको कम्पनी हो । यो रुसी खोपलाई २ देखि ८ डिग्री सेल्सियससम्मको तापक्रममा सुरक्षित तरिकाले भण्डारण गर्न सकिन्छ ।
नेपालले यसअघि अक्सफोर्ड–एस्ट्राजेनेकाको सहयोगमा भारतीय कम्पनी सिरम इन्स्टिच्युटले बनाएको कोभिसिल्ड खोप प्रयोग गरिसकेको छ ।
भारतबाट अनुदानको रुपमा आएको कोभिसिल्ड खोपको दोश्रो डोज पनि मंगलबारदेखि लगाउन थालिसकिएको छ ।
यस्तै, केही साताअघिदेखि चीनको सिनोफार्मअन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस कम्पनी लिमिटेड (बीआईबीपी) ले उत्पादन गरेको ‘भेरोसेल’ खोप पनि अनुदानकै रुपमा पाएर नेपालले नागरिकहरुमा प्रयोग गरिसकेको छ । भेरोसेलको पहिलो डोज दिइसकिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago