काठमाण्डौ। विश्व आतंकित पारिरहेको कोरोनाभाइरसको इपिसेन्टर चीनमा फेरि अर्को भयानक भाइरस देखा परेको छ।
चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार चीनको युनान प्रान्तमा हन्ता नामक भाइरस देखिएको छ। यो भाइरसबाट युनान प्रान्तमा बसमा यात्रारत एक यात्रुको मृत्यु भएको छ। यो भाइरस कोरोनाभन्दा पनि २४ प्रतिशतभन्दा बढी खतरनाक रहेको बताइएको छ।
ग्लोबल टाइम्सका अनुसार ती व्यक्तिको युनानबाट सेङडान्गसम्म जाँदै गर्दा बसभित्रै मृत्यु भएको थियो। बसमा अन्य ३२ यात्रु पनि सवार थिए। ती सबैको स्वास्थ्य परीक्षण भइरहेको छ।
चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यो भाइरस हावाबाट फैलिँदैन। यो मुसाको मलमूत्र, र्याल आदिबाट मानिससम्म सर्छ।
थकावट, ज्वरो, मांसपेसीमा दुखाइ, चक्कर लाग्ने, चिसो लाग्ने, पेटमा समस्या देखिनुा हन्ता भाइरसका लक्षण हुनु्। यदि यो भाइरसबाट संक्रमित मानिसको सुरुमै उपचार नभएमा लो ब्लडप्रेसर हुने, मिर्गौला खराब हुने, पक्षघात हुनेजस्ता खतरा बढी हुन्छ।
ग्लोबल टाइम्सका अनुसार अहिले यो भाइरस ग्रामीण क्षेत्रमा फैलिन सक्ने धेरै आशंका गरिएको छ। ती क्षेत्रमा रहेका मुसालाई नियन्त्रणमा लिन थालिएको बताइएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago