काठमाण्डौ । नेपालमा कोरोनाको तेस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै जनस्वास्थ्य विज्ञहरुले सरकारलाई महामारी व्यवस्थापन र तयारीका लागि १८ बुँदे सुझाव दिएका छन्।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानमा आबद्ध जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सुझाव पेस गरेका हुन् । सुझावमा उच्चस्तरीय कोभिड–१९ व्यवस्थापन समितिमा प्रस्तुत हुनुपूर्व सबै महत्वपूर्ण विषयमा राय लिन योग्य चिकित्सक र जनस्वास्थ्य विशेषज्ञहरु सम्मिलित स्वतन्त्र सल्लाहकारहरुको समूह बनाउन आग्रह गरिएको छ।
यसैगरी १८ वर्षभन्दा माथिका नागरिकलाई यथाशीघ्र खोप लगाउन र खोप कार्यक्रममा निजी क्षेत्रलाई सरकारी सहयोगमा संलग्न गराउनुका साथै वृद्ध÷असाहयमैत्री तथा कम भीडभाड हुने गरी खुला ठाउँमा व्यवस्थापन गर्न सुझाव दिइएको छ। ‘स्वास्थ्यकर्मीलाई उचित तालिमसहितको उच्चस्तरको सचेतना र तयारीको अभ्यास गराउनुपर्छ’, सुझावमा भनिएको छ, ‘आवश्यक औषधि तथा अक्सिजनको आपूर्ति, प्रभावकारी परीक्षण सुविधा, शंकास्पद व्यक्तिका लागि क्वारेन्टिन सेन्टर सञ्चालन गर्न जरुरी रहेको र संक्रमण देखिएकाहरुलाई होम आइसोलेसनमा वा संस्थागत आइसोलेसनमा बस्दा टेलिमेडिसिन तथा मोबाइल स्वास्थ्य एकाइ सेवा सञ्चालन गर्नुपर्छ।’
विज्ञहरुले अस्पतालको बेड, एचडीयू, आईसीयू र भेन्टिलेटरको संख्या बढाउन सुझाव दिएका छन् ।
यसैगरी योग्यता र क्षमताका आधारमा तत्काल स्वास्थ्यमन्त्री नियुक्त गर्नसमेत सरकारलाई सुझाव दिइएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago