काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने जनाएको छ।
डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा ब्रुस अलवर्डले कोरोना महामारी सन् २०२२ सम्म लम्बिन सक्ने बताएका हुन्। ‘कोरोना महामारी तत्काल टर्ने सम्भावना कम देखिएको छ’, उनले भने, ‘अझै एक वर्ष लम्बिन सक्छ।’
गरिब देशहरुमा आवश्यकताअनुसार कोरोनाविरुद्धको खोप उपलब्ध नहुँदा यो महामारी लम्बिने सम्भावना बढेको डा अलवर्डले बताए। ‘अफ्रिकाको कुल आवादीमध्ये केवल ५ प्रतिशतले मात्रै कोरोनाविरुद्धको खोप पाएका छन्’, उनले भने, ‘जब कि अन्य देशमा यो संख्या ४० प्रतिशत रहेको छ।’
कोरोनाविरुद्धको खोपको धेरैजसो डोज धनी देश र मध्य आय भएका देशहरुमा दिइएको छ। अफ्रिकामा भने हालसम्म विश्वभरको तुलनामा केवल २.६ प्रतिशत डोजमात्र दिइएको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19