काठमाण्डौ। दक्षिण कोरियाको राजधानी सोलको एउटा अस्पतालको पार्किङबाट ४५ वर्षीया रशेल किम शिशाबाट आफ्नो कार निकालेर गन्तव्यतिर लाग्छिन्। उनी गत साता दक्षिण कोरियाको डैगु गएकी थिइन्। डैगु दक्षिण कोरियाको त्यो इलाका हो जुन कोरोनाभाइरसको चपेटामा परेको थियो।
डैगुबाट सोल फर्किएपछि रशेलमा खोकी र ज्वरो देखियो। विश्वभर कोरोनाको सन्त्रास फैलिएको बेला रशेललाई पनि आशंका जाग्यो। उनी तुरुन्त स्वास्थ्यजाँचको फैसलामा पुगिन्।
दक्षिण कोरिायमा दर्जनौँ यस्ता केन्द्र बनाइएका छन् जहाँ गाडीभित्रै बसेर टेस्ट गर्न सकिन्छ। यी केन्द्रमा सुरक्षात्मक सेता कपडाधारी आँखामा चस्मा र मुखमा मास्क लगाएर २४ सै घन्टा तैनाथ रहन्छन्।
रशेल पनि एउटा केन्द्रमा गएर आफ्नो कारभित्र बसेर घाँटीको स्वाब टेस्टका लागि दिएर फर्किन्छिन्। अब त्यस केन्द्रका परीक्षकले टेस्ट पोजेटिभ आयो भने एक कल फोन गर्छन् र नेगेटिभ आयो भने एउटा मेसेज पठाउँछन्। उनलाई एउटा मेसेज आयो अर्थात् उनमा कोरोना नेगेटिभ देखियो।
दक्षिण कोरियामा अहिले दैनिक २० हजार मानिसको यसरी नै जाँच भइरहेको छ। यो आँकडा अन्य देशका तुलनामा निकै बढी हो।
दक्षिण कोरियामा स्थापित यस्ता केन्द्र २४ सै घन्टा ल्याब परीक्षण हुन्छ। त्यहाँ कोरोना टेस्टका लागि ९६ पब्लिक र प्राइभेट ल्याब निर्माण गरिएका छन्। स्वास्थ्य अधिकारीहरुले यसरी दिनरात खटिँदा मानिसको ज्यान बचाउन सम्भव छ।
दक्षिण कोरियामा कोरानाबाट ज्यान गुमाउनेको संख्या ०.७ प्रतिशतमात्र छ। विश्वमा भने यो दर ३.४ प्रतिशत छ।
दक्षिण कोरियाको राजधानी सोलबाहिर एउटा मुख्य ग्रिन क्रस ल्याब स्थापना गरिएको छ। त्यहाँ नेगेटिभ प्रेसर रुममा कोरोनाको टेस्ट गरिन्छ। त्यहाँ अरुलाई जाने अनुमति दिइँदैन। केवल केही चिकित्सक त्यहाँभित्र बस्छन्। त्यो पनि सुरक्षित पहिचानका साथ।
त्यहाँ रहेका दर्जनौँ मेसिन २४ सै घन्टा चालु अवस्थामा रहनछन् र नतिजा फटाफट दिइरहन्छन्। यसलाई पीसीआर (पोलिमरेज चेन रियाक्सन) टेस्ट भनिन्छ। अझ साधारण भाषामा भन्ने हो भने यो मेसिनले कुन चाहिँ नमुना पोजेटिभ हो भने जाँचिरहन्छ। यो टेस्टको नतिजा केवल ६ घन्टाभित्र आउँछ।
ल्याब्रेटरी मेडिसिन फाउन्डेसनका अध्यक्ष प्रोफेसर गे चियाल कोन यति रफ्तारमा सबै हुनु दक्षिण कोरियाली जिनको हिस्सा भएको बताउँछन्। उनले यसलाई कोरियाली ‘बाली–बाली’ जिन भन्छन्।
बाली एक कोरियाली शब्द हो। जसको मतलब तीव्र अथवा छिटो भन्ने हुन्छ।
यसको मतलब यो हो कि कोरियाली कोराना टेस्टको नतिजा छिटो निकाल्न सफल भएको छ। दक्षिण कोरियाले देशभित्र यस्तो प्रयोगशालाको नेटवर्क तयार पारेको छ, जसका कारण १७ दिनभित्र सक्रिय रुपमा काम गर्न सुरु गरियो।
यो सबै प्रक्रिया फटाफट पूरा हुनुमा दक्षिण कोरियाले यसअघि भोगेको तितो अनुभव पनि छ। चियोल भन्छन्, ‘त्यही अनुभवले हामीलाई छिटोभन्दा छिटो कुनै पनि संक्रमणसँग लड्न सिकायो। त्यो तीतो अनुभव हो सन् २०१५ मा फैलिएको मिडिल इस्ट रेस्पेरोटरी सिन्ड्रोम (मर्स)।’
मर्सको प्रकोपबाट त्यतिखेर दक्षिण कोरियामा ३६ जनाको ज्यान गएको थियो।
दक्षिण कोरिया सेन्टर फर डिजिज कन्ट्रोलले यस्तो एउटा विभाग स्थापना गरेको छ जुन यस्ता डरलाग्दा संक्रमणसँग लड्न तयार रहन्छ। अहिले कोरोनासँग जुझ्न सफल हुनुको पछाडि पनि यही विभागको महत्वपूर्ण हात छ। कोन भन्छन्, ‘हामी सुरुआती अवस्थामै संक्रमितको पहिचान गर्न सफल भएका छौँ र उनीहरुलाई आइसोलेसनमा राखेर मृत्युदर निकै कम गर्न सफल भएका छौँ।’
फेब्रुअरीको सुरुआतमा ग्रिन क्रस ल्याबको टोलीले एक महिलामा कोराना संक्रमण पहिचान गरेको थियो। ती बिरामीलाई दक्षिण कोरियामा पेसेन्ट–३१ को नामले चिनिन्छ। ती महिला न कतै गएकी थिइन् न त कोरोना संक्रमितको सम्पर्कमा थिइन्।
ती महिला शिन्चेओन्जी चर्च अफ जिससमा आबद्ध थिइन्। यो धार्मिक समुदायमा करिब २ लाख सदस्य छन्। यही एउटा कुराले यो प्रकोपको मूल स्रोतबारे खोज्न आधार बन्यो।
अहिले परिस्थित निकै सहज बनेको छ। चिकित्सकलाई समयतालिकाअनुसार कार्यक्षेत्रमा खटाइने गरेको छ।
दक्षिण कोरियामा टेस्टिङ किट्सको कमी छैन। चार कम्पनीले यस्ता टेस्टिङ किट बनाइरहेका छन्। दक्षिण कोरियाले हरेक साता करिब १ लाख ४० हजारजनाको स्वास्थ्य परीक्षण गर्दै आएको छ।
प्रो कोनले दक्षिण कोरियामा गरिएका टेस्टको प्रमाणीकता ९८ प्रतिशतसम्म छ। यति धेरै मानिसको टेस्ट गर्ने क्षमता र योग्यता राखेको दक्षिण कोरिया अन्य देशका लागि एउटा रोल मोडल स्थापित भएको छ। एउटा यस्तो देश जो कोरोनाभाइरसको संक्रमणसँग लड्न पूर्ण रुपमा सक्षम छ।
दक्षिण कोरियाले यो संक्रमण देखिएका सामान्य बिरामीलाई घरमै राखेर उपचार गर्ने व्यवस्था मिलाएको छ। जसका कारण अस्पतालमा बिरामीको चाप घट्न थालेको छ। अहिले त्यहाँका अस्पतालहरुमा कोरोनाबाट स्वास्थ्य अवस्था जटिल बनेका बिरामीलाई मात्र भर्ना गरेर उपचार गर्ने काम भइरहेको छ।
यसैगरी दक्षिण कोरियाका वैज्ञानिकहरुले एउटा युनिक प्रोटिन पत्ता लगाएका छन्। जसका माध्यमबाट कोरानाभाइरसको एन्टीबडी पत्ता लगाउन सकिने उनीहरुको दाबी छ। उनीहरुको विश्वास छ कि निकट भविष्यमै उनीहरु कोरानाविरुद्धको भ्याक्सिन तयार गर्न पनि सफल हुनेछन्। – बीबीसीबाट भावानुवाद
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago