सोलुखुम्बु। विश्व महामारी कोरोनाभाइरस रोकथामका लागि अहिले विश्वका सबै मुलुक लागिपरेका छन्।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपालमा पनि लकडाउन गरिएको छ। लडकाउनका कारण छिमेकी मुलुकहरु भारत र चीनसँग सीमा ठप्प छन्। अन्तर्राष्ट्रिय हवाई सेवा पनि बन्द छ।
देशभर अहिले कोरोना उपचार विशेष अस्पताल, विभिन्न अस्पतालमा आइसोलेसन कक्ष र विदेशबाट आएकाहरुलाई राख्न क्वारेन्टाइनहरु पालिकैपिच्छे बनाइएको छ।
यही क्रममा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले विदेशबाट हालसालै आएकाहरुको पहिचान गर्न नयाँ उपाय अवलम्बन गरेको छ। त्यो हो यदि कसैले भर्खरै विदेशबाट आएकाहरुको जानकारी दिन्छ भने उसले ५ हजार रुपैयाँ पुरस्कार पाउँछ।
गाउँपालिकाले विदेशबाट आएर कोही घरैमा बसिरहेको भए जानकारी दिन आग्रह गर्दै जानकारी दिनेलाई पुरस्कार दिने घोषणा गरेको हो।
गाउँपालिकामा हालसम्म रोजगारका लागि विदेशमा भएका तर हालै फर्किएकाको संख्या ५ रहेको पाइएको छ। उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ।
जिल्लाभर चैतयता १८ जना विदेशबाट आएको र सबैलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
केही दिनअघि सोलुखुम्बुमा शंकास्पद दुईजनाको स्वाब परीक्षण गरिए पनि कोरोना संक्रमण नभएको रिपोर्ट आएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago