काठमाण्डौ । गरिमा विकास बैंकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा जुटेका प्रदेश सरकारहरुलाई रु. ५ लाखको दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । 

बैंकको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

योसँगै अब गरिमा विकास बैंकले प्रदेश सरकारले स्थापना गरेका कोरोना सहयोग कोषमा रु. ५ लाख दरले कुल ३५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसैगरी, छिमेक लघुवित्त वित्तीय संस्थाले संघीय सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापित सहयोग कोषमा २५ लाख रुपैयाँ जम्मा गरेको छ ।