काठमाण्डौ। कोरोनाभाइरसको उपचार के हो? के कुनै औषधिले काम गर्छ? मानिसलाई कसरी थाहा छ कि ऊ संक्रमित हो वा होइन? यो महामारीको चपेटमा परेको मानिस कति दिनभित्र ठीक होला?

यस्ता थुप्रै प्रश्नहरु अहिले आममानिसको दिमागमा खेलिरहेका हुन्छन्।

सुरुआतमा यो सामान्य फ्लुजस्तै हुन्छ। तर विस्तारैविस्तारै यो भाइरसले बिरामीलाई आफ्नो चपेटामा पार्छ। बिरामीलाई आफू संक्रमित भइसकेको आफैँलाई थाहा हुँदैन। 

वैज्ञानिकहरुले कोरोनाभाइरसको एउटा टाइमलाइन तयार गरेका छन्। यो टाइमलाइनमा स्पष्ट भनिएको छ कि यदि संक्रमित २२ दिनमा यो भाइरससँग लड्न समक्ष हुन्छ भने ऊ पूर्ण रुपमा ठिक हुन्छ। 

चीनको वुहान सहरबाट सुरु भएको यो महामारी अहिले विश्वका २ सय बढी देशमा फैलिएको छ। वैज्ञानिकहरु लगातार यो भाइरसविरुद्धको औषधि वा भ्याक्सिन बनाउन लागिपरेका छन्। तर हालसम्म आधिकारिक रुपमा भ्याक्सिन तयार भइसकेको छैन। 

अमेरिका, युरोपका देशहरुमा फरकफरक किसिमले बिरामीको उपचार भइरहेको छ। केही चिकित्सकहरुले भिटामिन सीले बिरामीमा रोग प्रतिरोधात्मक क्षमता बढाउने दाबी गरिरहेका छन्। अमेरिकामा मलेरियाको औषधि कोरोना संक्रमित बिरामीमा प्रयोग गर्न थालिएको छ। 

के हो कोरोनाभाइरसको टाइमलाइन ? 

वैज्ञानिकहरुका अनुसार बिरामीमा सुरुआतमा सामान्य फ्लुको लक्षण देखिन्छ। तर यसको पूरै साइकिल २२ दिनको हुन्छ। यो २२ दिनसम्म यदि कुनै बिरामी यो भाइरससँग लड्न सक्षम हुन्छ भने ऊ ठिक हुने वैज्ञानिकहरुको दाबी छ। 

कोराभाइरस टाइमलाइन यस्तो छ–

पहिलो दिनदेखि सातौँ दिनसम्म

हल्का ज्वारो, थकान, मांसपेसीमा दुखाइ र सुक्खा खोकी। सास लिन गाह्रो हुन सुरु हुन्छ। 

आठौँ दिनदेखि ११ औँ दिनसम्म

यदि सातौँ दिनसम्म पनि बिरामीलाई सास लिन समस्या भइरहेको छ भने चिकित्सकको सल्लाहबमोजिम आठौँ दिनमा अस्पताल भर्ना गर्नुपर्छ। अस्पतालमा उपचार सुरु गर्दा पनि बिरामीलाई सास फेर्न राहात नभए यो स्पष्ट हुन्छ कि फोक्सोबाट तरल पदार्थ लिक भएर बाहिर गइरहेको छ। 

यसको मतलब अब बिरामीलाई आईसीयूमा भर्ना गरेर भेन्टिलेटरको सहायतामा सास फेर्न सहज बनाउनुपर्छ। 

१२ औँ दिनदेखि १७ औँ दिनसम्म

यो ६ दिनले संक्रमित अवस्था निर्धारण गर्छ। यदि बिरामीलाई फेर्न आराम भइरहेको छ भने ऊ निको हुने सम्भावना प्रवल रहन्छ। यदि बिरामीलाई सास फेर्न झनै समस्या भइरहेको छ भने ज्यान जाने सम्भावना पनि हुन्छ। त्यसैले यो ६ संक्रमितलाई बचाउन हरसम्भव प्रयासरत रहन्छन्। बिरामीले यो ६ आफूमा आत्मविश्वास बढाउन आवश्यक देखिन्छ। 

१९ औँ दिनदेखि २२ औँ दिनसम्म

यो चार दिन भनेको बिरामीले कोरोनामाथि जित हासिल गरिसकेको मान्नुपर्छ। कोरोनाभाइरसको टाइमलाइनको यी अन्तिम चार दिन बिरामीलाई निकै राहात महसुस हुन थाल्छ। ऊ कोरोनाबाट मुक्त भएर सामान्य अवस्थामा फर्किरहेको हुन्छ। यसको मतलब यो हो कि ऊ ठिक भएर अब घर फर्किने क्रममा रहेको हुन्छ। – एजेन्सी