काठमाण्डौ । विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमितहरु निको भएर शुक्रबार डिस्चार्ज भएका छन्।

कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका गरिएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए। मन्त्री घिमिरेले नै डिस्चार्जपछि उनीहरुलाई बिदाइ गरेका थिए। 

कोसी अस्पतालमा उपचार गराइरहेका ६ जना यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन्। 

यतिबेला कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा अब १७ जनाको उपचार भइरहेको छ। उनीहरु सबैको अवस्था सामान्य रहेको छ । 

प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो ।