काठमाण्डौ । कोशी प्रदेशको स्टार्टअप नीति तर्जुमाका लागि बिहीबार विराटनगरमा सरोकारवालाबीच संवाद सम्पन्न भएको छ।
नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश र उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा सम्वाद आयोजना गरिएको हो। प्रादेशिक स्टार्टअप नीति तर्जुमा कार्यलाई समयसापेक्ष बनाउने, प्रदेशभरीका स्टार्टअपहरुको विवरण अध्यावधिक गर्ने, नीतिमा समावेश गर्ने कुराहरुको पहिचान गर्ने, लगानीको तौरतरिका र प्रविधिको प्रयोगबारे धारणा विकास गर्नेलगायतका विषयमा संवाद गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले नवउद्यमीहरुको व्यवसाय प्रवर्द्धनका लागि सरकारले सहयोग गर्ने बताए। सरकार र उद्यमीबीच राम्रो सम्बन्ध बनाएर अघि बढ्न आफू तयार गरेको उनले बताए।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपालमा स्टार्टअप कुनै पनि नयाँ आइडियाहरुलाई रोक्न नहुने बताए। उनले नयाँ–नयाँ आइडियालाई सरकार र निजी क्षेत्रका विभिन्न क्षेत्रबाट सहयोग गर्दै अगाडि बढाउन सके त्यसबाट मुलुकमा नवप्रवर्द्धन सम्भव हुने धारणा राखे।
अध्यक्ष राउतले विश्वमा स्टार्टअप संस्कृति धेरै पुरानो भए पनि नेपालमा भर्खर हुर्कदै गरेको र नवउद्यमीहरुको उद्यमशिलता प्रतिको चाख र आर्कषण उल्लेख्य मात्रामा बृद्धि पनि भइरहेको बताए। अन्य मुलुकमा सरकारले युवा उद्यमीलाई राष्ट्रिय अर्थतन्त्रको सवलीकरणमा केन्द्रित गराउन उद्यमशील एवं उद्यमी स्टार्टअप व्यवसायलाई प्रेरित गर्न सहयोगी नीति कार्यक्रम गरेकोले कोशी प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गरिदिनुपर्नेमा उनले जोड दिए।
राउतले स्टार्टअप उद्यममा संलग्न उद्यमीहरुले सहजीकरण तथा नियमनसम्बन्धी कानुनको अभाव भोग्नुपरेको, नियामक निकायबीच अन्यौलता रहेको, वित्तीय सहयोगको अभाव रहेको, लगानीकर्ताको न्यून उपस्थितिजस्ता समस्या झेल्दै आएको पनि उनले जानकारी दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19