काठमाण्डौ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषमा नयाँ कार्यसमिति चयन भएको छ। 

राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनद्वारा नयाँ कार्यसमिति चयन गरिएको हो। कार्यसमितिको अध्यक्षमा अच्युतम पौडेल, उपाध्यक्षमा शान्ता ढुंगाना, महासचिवमा सूर्यप्रसाद दाहाल, उपमहासचिवमा अनिल बस्नेत र कोषाध्यक्ष्मा विमलेश यादव चयन भएका छन्। 

त्यसैगरी सदस्यहरुमा प्रदीप अधिकारी, सल्यान केसी,  निशा खतिवडा, रविन विक र प्रकाश गौतम रहेका छन्। महिला संयोजकमा मिनाक्षी पन्त र युवा संयोजकमा नरेन्द्र सुनार रहेका छन्। 

अधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद बद्री पाण्डेले सम्बोधन गरेका थिए। त्यसैगरी विषेश अतिथीका रुपमा नेपाल ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले ट्रेड युनियनको भूमिकाबारे धारणा राखेका थिए।