काठमाण्डौ । नेपाल ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष एवं कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजका एमडी भरत रानाभाटले आफूहरुले कोभिडको संकटका बेला आफ्ना ग्राहकका पैसाको अत्यावश्यक परेको खण्डमा सेयर बेचेकै दिन पनि रकम भुक्तानी गर्ने बताएका छन्।

पूर्वअध्यक्ष रानाभाटले अहिलेको अवस्थामा मानवीयताको विषयलाई पनि ध्यानमा राख्नुपर्ने बताए। ‘यस्तो बेला कसैलाई पैसाको निकै संकट परेको हुन सक्छ’, उनले भने, ‘त्यसैले हामीले ग्राहकलाई औषधोपचार वा घरखर्चका लागि अपरझट पैसा चाहिएमा सेयर बेचेको पैसा सोही दिन भुक्तानी गर्नेछौँ।

रानाभाटका अनुसार कोहिनुरसँग आबद्ध लगानीकर्ताहरुलाई अत्यावश्यक परेको खण्डमा २ लाख रुपैयाँसम्मको रकम सेयर बिक्री गरिएकै दिनमा उपलब्ध गराउने बताए।