काठमाण्डौ । बजार परिसूचकमा बुधबार सामान्य करेक्सन भएको छ । कारोबार अवधिको अधिकांश समय हरियाली छाएको बजार बन्द हुँदा चाहि ६.७५ अंकको करेक्सन देखिएको हो । बजारको वृद्धि यात्रामा ब्रेक लागे पनि कारोबार रकम भने २ अर्ब माथि पुुगेको छ । यसले बजार बढेको बेला थोरै नाफा बुक गरेर सेयर बिक्री गर्ने कारोबारीहरु बढेका देखिएको छ ।
पछिल्लो समय नेपालको सेयर बजारमा छोटो समयका लागि लगानी गर्ने र केही नाफा हुने बित्तिकै बिक्री गर्ने बाठा कारोबारीहरु बढेका छन् । यही कारण बढिरहेको बजारमा एक्कासी ब्रेक लाग्ने गरेको छ । एकातिर थोरै भए पनि नाफा गरिहाल्ने प्रवृति भएकाहरु बजारमा सक्रिय छन् भने अर्कोतर्फ ठूला तथा संस्थागत लगानीकर्ताहरु पनि बजार एकपटक पुनः घटाएर सेयर सस्तोमा उठाई बजारका लागि गुल्जार महिना बैशाखमा मालामाल हुने रणनीतिमा छन् । यी दुुई प्रवृतिका बीच साना लगानीकर्ताहरु जुनसुकै बेला चेपुुवामा पर्नसक्छन्, त्यही भएर यो बेला लगानीकर्ताले निकै सचेत भएर लगानी गर्नुपर्ने विज्ञहरुको सुुझाव छ ।
बुधबार नेप्से परिसूचक १७०३.०७ अंकमा झरेको हो । वाणिज्य बैंक, बिमा र जलविद्युत समूहमा रातो पोतिएको छ । वाणिज्य बैंक ११.८९ अंकले घटेको छ भने बिमामा १४०.८४ अंकको गिरावट आएको छ । जलविद्युत समूह ६.१ अंकले घटेको छ ।
बाँकी सबै समूहको सूचक उकालो लागेका छन् । विकास बैंक, बित्त समूह, होटल, उत्पादनमूलक र अन्य समूह क्रमशः १९.३६, ६.९३, २३.८६, २३.६१ र ८.३९ अंकले बढेका छन् ।
''क'' वर्गका कम्पनीको खरिदारीमा कमी आउँदा सेन्सेटिभ इण्डेक्स १.९४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंकको झिनो करेक्सन देखिएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
चैत मसान्तको अघिल्लो दिन १४५ कम्पनीका कुल ३८ लाख ९६ हजार ४ सय ३१ कित्ता सेयर २ अर्ब ७ करोड २२ लाख १३ हजार १ सय ८ रुपैयाँमा किनबेच भएको छ । बुधबार सबैभन्दा बढी कारोबार सूूर्य लाइफ इन्स्योरेन्सले गरेको छ । यो कम्पनीको १० करोड ३६ लाख बढीको सेयर किनबेच भयो । एनसीसी बैंकले ९ करोड ४६ लाख बढी, गुराँस लाइफ इन्स्योरेन्सले ८ करोड २३ लाख, प्रभूू बैंकले ८ करोड १७ लाख बढीको कारोबार गरेका छन् । मुक्तिनाथ विकास बैंकले ५ करोड ५२ लाख, सनराइज बैंकले ५ करोड बढी, लुम्बिनी जनरल इन्स्योरेन्सले ४ करोड ४३ लाख बढीको कारोबार गरेका छन् । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा कम्पनी र बाँकी १ स्थान विकास बैंक समूहले कब्जा गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
बुधबार ११ कम्पनीले पैसा छापेका छन् । तीमध्ये ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बाँकी ६ कम्पनीको १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ । ग्रीन डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १, किसान माइक्रो फाइनान्स, फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्सको मूल्य १० प्रतिशतले बढ्यो । यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक, महिला सहयात्रा माइक्रो फाइनान्स, गोर्खाज फाइनान्स, सिन्धुु विकास बैंक, माउण्ट मकालुु डेभलमेन्ट बैंक र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ । बुधबार यूनाइटेड इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ६ प्रतिशतको हाराहारीमा घटेको छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago