काठमाण्डौ । यती एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवार यात्रुहरुको पहिचान खुलेको छ। 

नेपाल प्रहरीले दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरुको नामावली सार्वजनिक गरेको हो। विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना यात्रु सवार थिए। तीमध्ये १० जना विदेशी र ६ जना बालबालिका छन्। 

काठमाण्डौबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान सेती खोँचमा दुर्घटना भएको थियो। 

दुर्घटनाग्रस्त क्षेत्रबाट अहिलेसम्म ३६ जनाको शव निकालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। सबै शव जलेको अवस्थामा फेला परेका छन्। शवहरुलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको केसीले जानकारी दिए। 

सुरक्षाकर्मी र स्थानीयले उद्धार कार्य जारी राखेका छन्।