काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतका लागि अर्थमन्त्रालयले गठन गरेको तीन सदस्यीय छनौट तथा सिफारिस समितिले प्रारम्भिक चरणमा ५ जनाको नाम छनौट गरेको छ ।
दरखास्त दिएका १३ उम्मेद्वारहरुको शैक्षिक योग्यता र व्यवसायिक कार्ययोजनाको परीषणबाट प्राप्तांकको प्राथमिकताको आधारमा ५ जनाको नाम छनौट गरिएको मन्त्रालयले जनाएको छ ।
छनौट हुनेहरुमा चन्द्रसिंह साउद, प्रमोदराज शर्मा, प्रवीण पन्दाक, मनोजकुमार ज्ञवाली र सीताराम थपलिया रहेका छन् । यीमध्ये थपलिया यसअघिका सीइओ हुन् । उनी फेरि पनि नेप्सेको सीइओमा दोहोरिन चाहेका हुन् ।
छनौट भएका उम्मेद्वारहरुको व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्तापछि ३ जनाको नाम मन्त्रीपरिषदमा सिफारिस हुनेछ । सिफारिस ती नाममध्येबाट एकजनालाई मन्त्रीपरिषदले नेप्सेको सीइओको रुपमा नियुक्त गर्नुपर्नेहुन्छ ।
तत्कालीन सीइओ थपलियाको कार्यकाल गत असार २५ गते सकिएको थियो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago