काठमाण्डौ । क्यानडामा बच्चाहरुको निम्ति प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड bblüv को अब नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता आइएमएस ग्रुपअन्तर्गत आइएमएस लिटल स्माइल्स कम्पनीले भित्र्याएको छ । 

साना बच्चाहरुका लागि कम्पनीको आफ्नै सोरुम आइएमएस लिटल स्माइल्स कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको छ । यो नेपालकै पहिलो प्रिमियम मल्टी ब्राण्ड सोरुम पनि हो । 

सोरुममा डक्टर ब्राउन्स, क्रेन तथा हिमालयन बेबी केयरका साथै bblüv  का सामानहरु पहिलोपटक उपलब्ध हुने कम्पनीले जनाएको छ । 

यो क्यानेडियन ब्राण्डले बच्चाहरुलाई फिडिङ, ग्रुमिङ, बाथ टाइम तथा आउट डोर्स लगायतको गुणस्तरीय उत्पादनहरु प्रदान गर्नेछ, जसले बच्चाहरुको जीवन सरल बनाउन मद्दत गर्नेछ । यो ब्राण्डका सामान सुरक्षित, टिकाउ र आकर्षक हुने दाबी गरिएको छ । 

यो ब्राण्डको सामान स्मार्ट डोकोबाटट पनि उपलब्ध हुने बताइएको छ । स्मार्ट डोकचो अग्रणी अनलाइन मेगा स्टोर हो । 

क्यानेडियन ब्राण्ड नेपाल भित्र्याएको अवसरमा बोल्दै आइएमएस ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले भनेका छन्–‘नेपालका बच्चाहरुका लागि अर्को अन्तराष्ट्रिय ब्राण्डको वितरक बन्न पाउँदा हामी हर्षित र गौरवान्ति छौ । अब देशभित्र नै अन्तराष्ट्रिय ब्राण्डका सामान खरीद गर्न पाइनेछ । ब्राण्डकै लागि विदेश जानुपर्ने बाध्यता समेत हटेर जोनछ ।’