काठमाण्डौ । धेरै कम अनुभवी र व्यस्त लगानीकर्ताको हितलाई मध्यनजरमा राखेर क्यापिटल म्याक्स सेक्युरिटिजले सनराइज क्यापिटलसँग पोर्टफोलियो व्यवस्थापनको सम्झौता गरेको छ। 

यस सम्झौताअनुरुप अब क्यापिटल म्याक्सका ग्राहकलाई सनराइज क्यापिटलले पोर्टफोलियो व्यवस्थापनमा ५०% छुट दिनेछ। यसरी भारी छुट दिएर पोर्टफोलियो व्यवस्थापन गरिदिने सो सम्झौताअनुरुप सनराइज क्यापिटलले दक्ष तथा अनुभवी जनशक्ति प्रयोग गर्ने र ८% सम्मको मुनाफा हरेक वर्ष नभएसम्म कुनैपनि पफर्मेन्स शुल्क नलिने सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले जनाए। 

यस व्यवस्थापनअनुरुप सेयर बजारमा हुने अनियमित उतारचढावबाट सिर्जना हुन सक्ने जोखिम र अनिश्चितताको सनराइज क्यापिटलले धेरै हदसम्म न्यूनीकरण गरिदिने विश्वास क्यापिटल म्याक्स सेक्युरिटिजका कार्यकारी अध्यक्ष अतितलाल श्रेष्ठले बताए।