 
                     
                                
                             
                                    काठमाण्डौ । सरकारले क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि आवेदन लिने कार्य तत्कालका लागि स्थगित गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै क्यूआर कोडसहितको खोप प्रमाणपत्र दिनका लागि आवेदन लिने काम तत्कालका लागि स्थगित गरिएको जानकारी गराएको हो। कीर्तिपुरमा आवेदन बुझाएका व्यक्तिहरुले क्यूआर कोडसहितको प्रमाणपत्र जारी नभएसम्मका लागि थप आवेदन लिने कार्य स्थगित गरिएको सूचनामा उल्लेख छ।
यद्यपि vaccine.mohp.gov.np/public–request from लिंकमा गई अनलाइन फारम भर्न सकिने सूचनामा जनाइएको छ।
यसैगरी आफ्नो प्रमाणपत्र तयार भए–नभएको थाहा पाउनका लागि vaccine.mohp.gov.np.search लिंकमा गई हेर्न सकिने सूचनामा जानकारी गराइएको छ।
क्यूआर कोडसहितको प्रमाणपत्र अनिवार्य भएका देश जान लागेका व्यक्तिहरुमा क्यूआर कोडसहितको प्रमाणपत्र प्राप्त गरेपछि मात्रै टिकट लिनका लागि मन्त्रालयले आग्रह गरेको छ।

 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19