काठमाण्डौ । क्रिष्टल कञ्चनजंघा सेक्युरिटीज प्रालि अर्थात् स्टक ब्रोकर नम्बर ५० ले आज(मंगलबार)देखि मार्जिन कारोबार सेवाको औपचारिक सुरुवात गरेको छ । 

गत असार १२ गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट मार्जिन कारोबार सेवा प्रदान गर्न अनुमति पाएसँगै मंगलबारदेखि लगानीकर्ताहरुका लागि मार्जिन ऋणको सुविधाको ढोका खोलिएको क्रिष्टल कञ्चनजंघा सेक्युरिटीज प्रालिका कार्यकारी अध्यक्ष प्रियराज रेग्मीले जानकारी दिएका छन् ।

ब्रोकर नम्बर ५० ले नेप्सेबाट मार्जिन कारोबार गर्न अनुमति पाउने पहिलो ब्रोकर हो । यो ब्रोकर कम्पनी लगानीकर्तालाई मार्जिन कारोबार सुविधाको औपचारिक रुपमा उपलब्ध गराउन थाल्ने पहिलो कम्पनी पनि बन्न सफल भएको छ ।

धेरै लगानीकर्ताहरुलाई समेट्न मार्जिन ऋणको रकम स्वरुप एउटा लगानीकर्तालाई ५ लाखदेखि ५० लाखसम्म मार्जिन ऋणको सुविधा दिइने रेग्मीको भनाइ छ । मार्जिन ऋणको ब्याजदर कम्पनीको लागतमा ३ देखि ४ प्रतिशत सेवा शुल्क जोडेर कायम हुने रेग्मीले बताए । सेवा शुल्क  भने निश्चित हुन नसक्ने उनले प्रष्ट्याए । यो मार्जिन बापतको ऋण रकम र ब्याजदर भने ब्रोकर नै पिच्छे फरक पनि हुनसक्ने बताइन्छ । 

नेप्सेले हाल २१ ब्रोकर कम्पनीमार्फत सूचीकृत ३३ कम्पनीमा मार्जिन ऋण प्रवाह गर्न सकिने बताएको छ ।  

क्रिष्टल कञ्चनजंघाको सुखद सुरुवातसँगै अब मार्जिन कारोबारको अनुमति पाएका अन्य ब्रोकरहरु समेत दवाबमा पर्ने निश्चित छ । यसले अन्य ब्रोकरबाट समेत यो सेवा सुचारु हुन थाल्ने आशा गर्न सकिन्छ । 

हालसम्म मार्जिन कारोबारको अनुमति पाउने ब्रोकर कम्पनीहरु यसप्रकार रहेका छन्ः

क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रालि(५०)
सेक्युर्ड सेक्युरिटिज प्रालि(३६)
भिजन सेक्युरिटिज प्रालि(३४)
नेपाल स्टक हाउस प्रालि(१४)
प्राइमो सेक्युरिटिज प्रालि(१६)
श्रीकृष्ण सेक्युरिटिज प्रालि(२८)
कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि(३५)
दीपशिखा धितोपत्र कारोबार कम्पनी प्रालि(३८)
सुन्धारा सेक्युरिटिज लिमीटेड(५२)
प्रज्ञान सेक्युरिटिज प्रालि(१०)
इम्पेरियल सेक्युरिटिज प्रालि(४५)
दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस प्रालि(५९)
आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि(५७ं)
डाइनामिक मनि मेनेजर्स सेक्युरिटिज प्रालि(४४)
दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि(३३)
स्वेता सेक्युरिटिज प्रालि(२५)
सुमेरु सेक्युरिटिज प्रालि(३९)
नाशा सेक्युरिटिज कम्पनी लिमीटेड(५८)
निभ सेक्युरिटिज प्रालि(४७)
सिप्रवी सेक्युरिटिज प्रालि(२२)
अनलाइन सेक्युरिटिज प्रालि(४९)

यस्तै, लगानीकर्ताहरुले सबै सूचिकृत कम्पनीका लागि मार्जिन लोनको सुविधा पाउने छैनन् । मार्जिन कारोबारका लागि योग्य कम्पनीका लागि नेप्सेले निश्चित मापदण्ड तयार गरेको थियो, मापदण्ड पूरा गरेका  १२ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ९ वटा माइक्रोफाइनान्स, ३ जलविद्युत कम्पनी, एक होटल, अन्य समूहबाट एक कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य हुनेछन् । 

कम्तीमा १० हजार सेयरधनी भएको, कम्पनीको खूद सम्पत्ति चुक्तापूँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशतको दरले लाभांश वितरण गरेको, दोश्रो बजारमा अघिल्लो आर्थिक वर्षभरि कम्तीमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनी मार्जिन कारोबार सुविधायोग्य धितोपत्रको सूचिमा अटाउनसक्ने व्यवस्था रहेको छ । 

चालु वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूचिमा कुन कुन कम्पनी छन् ? हेर्नुहोस् सूचि: