काठमाण्डौ । पूँजीबजारप्रति निकै अनुदारको आरोप खेपिरहेका अर्थमन्त्री डा.युवराज खतिवडाको हिजो पुनगर्ठित नयाँ मन्त्रीमण्डलमा निरन्तरतासँगै लगानीकर्ताहरुको बजारप्रति आत्मविश्वास नबढ्नु र सेन्टिमेन्टकै कारण नेप्से इन्डेक्स ११ सय २० अंकभन्दा मुनि झरिसकेको छ ।
नेप्से इन्डेक्सको गिरावटसँगै सूचीकृत कम्पनीहरुका सेयरमूल्यमा समेत ओरालो लाग्ने क्रम आज पनि निरन्तर रह्यो ।
साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से इण्डेक्स हिजोको तुलनामा ७.७४ अंकले गिरावट आई ११ सय २० दशमलव ६० अंकमा झरेर २९ करोड ७७ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार हुँदै बन्द भएको छ ।
आज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १६७ कम्पनीका १० लाख ५० हजार ४ सय १२ कित्ता सेयर कारोबार भयो ।
नेप्सेको बजार मापक १२ समूहगत उपसमूहमध्ये कारोबार,म्युचुअल फण्ड उपसमूह र अन्य उपसमूहमा हरियो पोतिए पनि बाँकी ९ उपसमूह सूचकमा भने रातै पोतियो । एसटीसीको मूल्यमा भएको बढोत्तरीसँगै व्यापार उपसमूहमा आज ७ दशमलव ४६ प्रतिशतले बढोत्तरी आएको छ ।
आज सबैभन्दा बढी कारोबार हुने कम्पनीहरुमा एनएमबी बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका क्रमशः ४ करोड ३० लाख रुपैयाँ,२ करोड ५ लाख रुपैयाँ, १ करोड २८ लाख रुपैयाँ, १ करोड २० लाख रुपैयाँ,८६ लाख ९३ हजार रुपैयाँ रकम बराबरको कारोबार भयो । यसपछि क्रमशः लुम्बिनी विकास बैंक, घोडीघोडा लघुवित्त, प्राइम बैंक,अपर तामाकोशी र हिमालयन डिष्टिलरीले सर्वोत्कृष्ट कारोबार हुने दश स्थानभित्र पर्न सफल बने ।
आजकै दिन सबैभन्दा बढी कमाउने कम्पनीहरुमा एसटीसी, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड र घोडीघोडा लघुवित्तमा करिब १० प्रतिशतले सेयरमूल्य बढ्यो भने सबैभन्दा धेरै गुमाउनेमा जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीहरुले करिब ८ प्रतिशतसम्म गुमाए ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago