काठमाण्डौ । कुनै पनि खर्च नहुने काममा पनि लगानीकर्ताले कमिसन तिर्नुपरिरहेको छ भन्दा तपाईलाई पत्यार नलाग्ला । त्यति मात्र होइन, सेवा प्रदायकको खासै खर्च नहुने सेवामा लगानीकर्ताले तिरिरहेको कमिसनको भागबण्डा धितोपत्र बोर्डसम्मै पनि पुग्छ भन्दा तपाई अझ बढी आश्चर्यमा पर्नुहोला । तर, लामो समयदेखि नेपालका सेयर लगानीकर्ताहरुले यस्तै नियति भोगिरहेका छन् । कमिसनमुखी नियामक निकाय र सेवाप्रदायकका कारण लगानीकर्ताले अनाहकमा कमिसन तिर्नु परिरहेको छ ।
कागजी युगबाट डिजिटल युगमा गएको सेयर बजारमा लागत घटाउनका साटो डीपी फीलाई बढाएर २५ रुपैयाँ पुर्याइएको धेरै भइसक्यो, तर यो अव्यवहारिक फि घटाउने विषयमा कतैबाट बलियो आवाज नै उठेको छैन ।
कागजी युगमा सेयर नामसारी शुल्क(डीपी फी) ५ रुपैयाँ कायम थियो तर डिम्याट प्रणालीमा गइसकेपछि २५ रुपैयाँ कायम भएको छ । कुनै एक कम्पनीको सेयर किनबेच गर्दा प्रति कम्पनी २५ रुपैयाँ डीपी फीका रुपमा लगानीकर्ताहरुबाट असूल गर्ने गर्छ ।
एक डीपीमा कार्यरत कर्मचारीकाअनुसार डीपी फीमा सीडीएससीले २० प्रतिशत, डीपीले ७५ प्रतिशत र नेपाल धितोपत्र बोर्डले ५ प्रतिशत हिस्सा पाउँछन् । यसको मतलब नेपाल धितोपत्र बोर्डले डीपी फीको कमिसन पनि बजारबाट उठाइरहेको छ ।
उसो त डीपीहरुले सीडीएससीलाई वार्षिक नवीकरण शुल्क(एएमसी)समेत बुझाइरहेका ती कर्मचारीले बताए ।
विश्लेषक बिष्णु बस्याल हालको डीपी फी रु.२५ अत्यन्तै महँगो भएको बताउँछन् । दिनभरिमा कुनै एक लगानीकर्ताले गरेको कारोबारमा सो दिनका लागि २५ रुपैयाँ मात्र डीपी फी उपयुक्त तथा वैज्ञानिक हुने उनको सुझाव छ ।
हाल डीपी फी रु.२५ अति नै महँगो भएको र यो तत्कालै घट्नुपर्ने नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार जिकिर गर्छन् ।
लगानीकर्ताहरुको लागत बढिरहेका कारण नियामक धितोपत्र बोर्डले यो महँगो डीपी फी तुरुन्तै घटाउनुपर्ने उनको माग छ ।
युवा सेयर लगानीकर्ता बिशाल कडरिया डीपी फीका नाउँमा लगानीकर्ताबाट लुट्ने काम मात्रै भइरहेको आरोप लगाए । ‘महँगो डीपी फी लिएर ब्रम्हलुट मच्चाइएको छ।’कडरिया भन्छन्–‘डीपी फी रु २.५ देखि ३ रुपैयाँ कायम गर्न सबैले आवाज बुलन्द गर्नुपर्छ ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago