काठमाण्डौ । सरकारले खाद्य पदार्थमा ‘अखाद्य’ रङ प्रयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज एक सूचना प्रकाशित गर्दै यस्तो चेतावनी दिएको हो। 

मिठाईलगायतका खाद्य पदार्थ उत्पादन गर्ने खाद्य उत्पादकहरुले स्वीकृत गरिएका खाद्य रङहरु तोकिएको मात्रा र तोकिएको विधिबमोजिम मात्र प्रयोग गरी खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्न विभागले सचेत गराएको छ। 

स्वीकृत खाद्य रङहरुबाहेक अन्य अखाद्य रङहरु प्रयोग नगर्न र सो गरेको पाइएमा खाद्य ऐन–नियमबमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ।