काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (एसटीसी)ले काठमाण्डौ उपत्यकाभरिका वडासँग समन्वय गरेर सहुुलियत दरको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आगामी बैशाख २५ गतेसम्म लकडाउन गरेको अवस्था छ । लकडाउनका अवस्थासँगै जनस्वास्थ्यको ख्याल र सरकारको उपस्थिति जनाउन वडाहरुमा गई अत्यावश्यक खाद्यान्न बिक्री वितरण हिजो आइतबाट सुुरु गरेको एसटीसीका प्रवक्ता कुुमार राजभण्डारीले जानकारी दिए ।

काठमाण्डौं उपत्यकाका काठमाण्डौं, ललितपुर, भक्तपुुर र उपत्यका नजिकका सहरमा समेत वडासम्म पुगेर अति आवश्यक खाद्यान्न बिक्री वितरण भइरहेको प्रवक्ता राजभण्डारीको भनाइ छ । 

एसटीसीका ३ वटा मोबाइल भ्यानमार्फत सामाजिक दूूरी कायम गर्दै खाद्यान्न बिक्री वितरण गरिरहेको उनले बताए ।

दैनिक एउटा भ्यान ३ स्थान जाँदा दैनिक रुपमा ३ वटा भ्यानले १० ठाउँमा ४५० व्यक्तिहरुलाई सेवा दिइराखेको उनले जानकारी दिए । राजभण्डारीले बिशजालासँग भने–‘हामीेले चिनी प्रतिकेजी ७३ रुपैयाँमै उपलब्ध गराइरहेका छौं । अहिले हामी ब्रेक इभनमा सरकारको उपस्थिति जनाउन मात्रै पनि सेवालाई विशेष जोड दिइरहेका छौं ।’ 

कुुनै स्थानमा गएपछि माइकिङ गरेर सामाजिक दूूरीलाई अक्षरशः पालन गर्दै चिनी, नूून, तेल, चामल, दाल, पीठो, मैदा, चिउरालगायत खाद्यान्न सहुुुलियत मूूल्यमा बिक्री गरिरहेको उनले सुुनाए ।

उनले प्रज्वल प्रधानको मोबाइल नम्बर ९८४१३३२९९० मा सम्पर्क गरी घरमै खाद्यान्न अर्डर गर्न सकिने समेत जानकारी दिए । 

एसटीसीेले सतुुगंल, कालिमाटी, कोटेश्वर, बनेपा, धुुलिखेलका आफ्ना आउटलेटबाट पनि नियमित रुपमा खाद्यान्न बिक्रीवितरण गरिरहेको छ।