काठमाण्डौ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सेयर रजिस्ट्रार (आरटीएस) मा प्रभु क्यापिट लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनी सञ्चालक समितिको निर्णयअनुसार प्रभु क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरिएको छ। यस सम्बन्धमा खानी खोला हाइड्रोपावर र प्रभु क्यापिटलबीच सम्झौता पनि भएको छ। 

सम्झौताअनुसार अब प्रभु क्यापिटलले खानी खोल हाइड्रोपावरको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारीलगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।