काठामाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा एनएमबी माइक्रोफाइनान्स वित्तीय वित्तीय संस्थाको यस वर्ष खासै राम्रो प्रगति गर्न सेकन । गत वर्षका तुलनमा संस्थाको नाफामा यस वर्ष उच्च गिरावट आएको  देखिएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा संस्थाको नाफा २ करोड १८ लाख ८८ हजार रुपैयाँमा सीमित भएको छ । यो गत वर्षको भन्दा करीव ६७ प्रतिशत कम होे । गत वर्ष संस्थाले ३ करोड ५२ लाख नाफा आर्जन गरको थियो  ।

 

संस्थाको खुद ब्याज आम्दानी वृद्धि भए पनि संचालन मुनाफा नाफा बढाउन नसक्दा खुद नाफा खस्किएको हो । गत वर्ष १ करोड ३ लाख खुद ब्याज आम्दानी गरेकोे संस्थाले यस वर्ष १ करोड १९ लाख खुद ब्याज आम्दानी गर्न सकेको हो । यो गत वर्षको भन्दा करीव १३ दशमवलव ४ प्रतिशतले बढी हो ।


गत वर्षका तुलनामा खुद ब्याज आम्दानी वृद्धि गरे पनि यस वर्ष संस्थाले खुद सञ्चालन मुनाफा भने ३ करोड ४० लाखमा सीमित भएको छ । गत वर्ष यही अवधिसम्ममा संस्थाले ५ करोड ५३ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो ।


समीक्षा अवधिसम्म संस्थाले २ अर्ब १३  करोड कर्जा परिचालन गरेको छ भने ६१ करोड ५५ लाख निक्षेप संकलन गरेको छ । यी दुवै सूचकमा संस्थाले यस वर्ष क्रमशः २६ दशमलव १ र ४५ प्रतिशतले वृद्धि गरेको हो ।  


गत वर्ष शून्य दशमलव ८८ प्रतिशत खराब कर्जा रहेको संस्थाको सो सूचक २ दशमलव ९३ प्रतिशतमा पुगको छ । भने  वार्षिकीकृत प्रतिशयर आम्दानी २० दशमलव ६४ रुपैयाँ कायम भएको छ । मुल्य आम्दानी अुनपात ६५ दशमलव ०७ रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १ सय ६९ दशमलव ५९ रुपैयाँ रहेको छ ।


१४ करोड ८ लाख चुक्ता पूँजी रहेको संस्थामा ९ करोड ८० लाख जगेडा छ ।