– अर्जुन तिमिल्सिना
काठमाण्डौ । कोरोनाको दोस्रो लहर जोखिम बढ्दै गएपछि उपत्यकालगायत देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएको छ।
निषेधाज्ञाकै कारण अत्यावश्यक सेवाबाहेक अन्य बन्द गरिएका छन्। दैनिक उपभोग्य सामान बेच्ने पसलहरुलाई केही घन्टाका लागि खोल्न दिइएको छ। अरु बेला पसलका सटरहरु बन्द नै हुने गरेको छ।
सरकारले भीडभाड कम गर्न निषेधाज्ञालाई कडा बनाउँदै लगेको छ। नागरिक पनि आफैँ सचेत भएका पाइन्छ।
निषेधाज्ञामा बैंक तथा वित्तीय क्षेत्र खुल्लै छन्। यो सबैलाई थाहा छ। तर सेयर बजार पनि खुल्ला छ भन्नेबारे कतिपयलाई थाहै नहुन सक्छ। अझै कतिलाई त सेयर बजारका विषयमा जानकारी नै नभएको हुन सक्छ।
अहिले देशमा निर्वाध रुपमा खुलेको र चलेको एउटामात्रै व्यापार भनेकै सेयर बजार हो। अहिले घरबाटै आफ्नै कम्प्युटरमा बसेर सेयर कारोबार गर्न सकिने हुँदा अन्य क्षेत्रका मानिस पनि यस बजारमा आकर्षित हुन थालेका छन्।
हाल राजधानीमा ५० वटा ब्रोकर हाउसले सेयर कारोबारसम्बन्धी सेवा दिइरहेका छन्। एउटा ब्रोकर हाउसमा कम्तीमा १० कर्मचारीका हिसाबले पनि ५०० भन्दा बढीले रोजगारी पाएका छन्।
नेपान ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली निषेधाज्ञाका बेला ब्रोकर हाउसका कर्मचारीहरुलाई आउजाउमा निकै समस्या भइरहेको गुनासो गर्छन्। ‘बाटोमा ब्रोकर हाउसका कर्मचारीहरुलाई ट्राफिक प्रहरीले बढी केरकार गर्छन्’, उनले भने, ‘सायद उनीहरुलाई सेयर बजार खुल्लै छ भन्ने जानकारी छैन। अनि कतिपयलाई ब्रोकर हाउस भनेको के हो भन्ने ज्ञान नै नभएको पाइयो।’
मैनालीले ब्रोकर हाउसका कर्मचारीहरुलाई सहज रुपमा आउजाउको व्यवस्था गर्न सरोकारवालाहरुलाई आग्रह गरे।
यसैबीच अध्यक्ष मैनालीले साउन १ गतेबाट ब्रोकरमार्फत आउन लागेको नयाँ टीएमएको काम पनि युद्धस्तरमा भइरहेको जानकारी दिए।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19