काठमाण्डौ । सरकारले स्वरोजगार बन्न चाहने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ। 

आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्। 

खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने अर्थमन्त्री महतले बताए।