काठमाण्डौ । कोरोनाभाइरसविरुद्धको औषधि तथा भ्याक्सिन विकासमा विश्वभरका वैज्ञानिक तथा डाक्टरहरु अलगअलग ढंगले अनुुसन्धानमा जुटेका छन्। जसमा एनजाइटी र एलर्जीको औषधि पनि छन्। यी औषधि परीक्षणको मुख्य उद्देश्य भनेको कोरोनाका बिरामीमा भाइरसको प्रभाव कम गर्न यी औषधिको प्रभाव पत्ता लगाउनु पनि हो। 

हालै एउटा तथ्य सार्वजनिक भएको छ, जसले विश्वलाई चकित पारेको छ। खोकी पीडित कोरोनाभाइरसका बिरामीलाई एउटा खास प्रकारको खोकीको औषधिको भने उल्टो असर देखिएको छ। यो औषधि कोरोनाभाइरस झनै तीव्रगतिमा फैलिन सक्ने देखिएको हो। 

यो खोकीको औषधि शरीरभित्र रहेका कोरोनाभाइरसलाई फैलाउन झनै बढावा दिनसक्ने अनुसन्धानबाट देखिएको छ। गत अप्रिल ३० मा साइन्स म्यागजिन नेचरमा यो अनुसन्धानको रिपोर्ट प्रकाशित भएको थियो। 

वैज्ञानिकहरुले जब ल्याबमा मानिसको कोशिकाहरुमा यो खोकीको औषधिको जाँच गरे तब पत्ता लागे कि यो औषधिमा रहेको एउटा रसायनका कारण कोशिकामा कोरोनाभाइरस झनै फैलाइरहेको छ। 

क्यालेफोनिर्या युनिभर्सिटीको सनफ्रान्सिस्को स्कुल अफ फार्मेसीका रिसर्चर ब्रायन सोइसेटका अनुसार परीक्षणबाट यो पत्ता लाग्यो जुन खोकीको औषधि अर्थात कफ सिरपमा डेक्स्ट्रोमिथोर्फन रसायन हुन्छ त्यो कोरोनाभाइरसका बिरामीलाई झनै समस्या बढाउन सक्छ। यो रसायनको मद्दतले कोरोभाइरस मानव शरीरमा झनै फैलिन सक्ने देखिएको ब्रायनले बताए। 

ब्रायनका अनुसार कोरोनाभाइरस बिरामीले यो रसायनको कम्बिनेसन भएको खोकी औषधि सेवन गर्न हँदैन। तर कोरोना संक्रमित नभएकाहरुले खोकी लाग्दा भने यो औषधि सेवन गर्न सक्ने ब्रायन बताउँछन्। ‘किनकि हामीले प्रयोगशालामा स्पष्ट रुपमा यो पत्ता लगाएका छौँ कि मंकी सेलमा डेक्स्ट्रोमिथोर्फन रसायन हुन्छ, जसमा कोरोनाभाइरस तीव्रगतिमा फैलिन्छ’, उनले भने। 

ब्रायन र उनको टिम अन्तर्राष्ट्रियस्तरमा गठित वैज्ञानिकहरुको टिमको हिस्सा पनि हो। जो कोरोनाभाइरको प्राटिन र मानिसमा पाइने प्रोटिन र मंकी सेलबीच सम्बन्धका बारेमा अनुसन्धान गरिरहेको छ। मंकी सेल अर्थात अफ्रिमा पाइने बाँदरको विशेष प्रजातिबाट लिइएको खास प्रकारको कोशिकाहरु। जो प्रयोगशालाहरुमा औषधिको असर र भाइरसहरुको हमला जाँच गर्नका लागि प्रयोग गरिन्छ। यसलाई भिरो सेल पनि भनिन्छ। 

ब्रायनका अनुसार मानिसको फोक्सोमा पाइने कोशिकाहरु निकै तीव्रताका साथ प्रोटिन उत्पादन हुन्छ। जसबाट भाइरसहरु आकर्षित हुन्छन्। फोक्सोका कोशिकाहरुजस्तै मंकी सेलमा पनि प्रोटिन निस्किन्छ। यस पहिला भाइरस हालिन्छ र त्यको फैलिने गति देखिन्छ। त्यसपछि डेक्स्ट्रोमिथोर्फन रसायन हालेर हेरेपछि भाइरस तीव्रगतिमा फैलिरहेको देखियो। – एजेन्सी