काठमाण्डौ । नेकपा (एमाले)ले राजनीतिक पूर्वाग्रहका आधारमा गठबन्धन सरकारले हजारौँ कर्मचारीलाई बर्खास्त गर्न थालेको भन्दै आपत्ति जनाएको छ।
एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले विज्ञप्ति जारी गर्दै त्यस कार्यमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘वर्तमान गठबन्धन सरकार स्थायी कर्मचारीहरूको यो संयन्त्रलाई हतोत्साही बनाउने र दलगत स्वार्थमा प्रयोग गर्ने अनर्थकारी बाटोमा लागेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नयाँ आर्थिक वर्षको थालनीसँगै संघ, प्रदेश र स्थानीय सरकारहरूले अस्थायी, ज्यालादारी र करारमा कार्यरत हजारौँ कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गर्न थालेको कुराप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।’
निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीहरूलाई विधि र प्रक्रियाविपरीत हटाउने र प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्ने गरी सरकारले गरिरहेको कारबाहीको एमालेले भत्र्सना पनि गरेको छ। बहालमा रहेका सबै कर्मचारीलाई नियमित रुपमा काम गर्न पाउने गरी पेसागत सुरक्षा सुनिश्चित गर्न सरकारसँग एमालेले माग गरेको छ।
एमाले देशको स्थायी सरकारका रुपमा रहेको निजामती प्रशासन स्वच्छ, निष्पक्ष, जनउत्तरदायी र मर्यादित हुनुपर्छ भन्ने मान्यता राख्ने पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ। ‘राज्य र जनताका बीचका सम्बन्धलाई सेवा प्रवाहमार्फत सजीव राख्ने र कानुनी राज्यको प्रत्याभूति दिलाउने काम पनि यही संयन्त्रको हो’, विज्ञप्तिमा भनिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago