काठमाण्डौ । गभर्नेन्स ल्याब (न्यखबिद) ले नेसनल गभर्नेन्स सिम्पोजियम- २०२३ सम्पन्न गरेको छ।

नेपाल अतिकम विकसित देशबाट विकसित देशमा उक्लिन सफल भएको लगायत अन्य महत्वपूर्ण कोसेढुङ्गाहरू पार गरेको पृष्ठभुमिमा आयोजित आयोजित गोष्ठिमा सहभागी व्यक्तित्वहरू र विज्ञहरूबाट राजनीतिक, आर्थिक र सामाजिक समावेशीकरणमा केन्द्रित वैचारिक सत्रहरू प्रस्तुत गरिएको थियो ।

साथै सहभागीहरुले नेपालमा समावेशी र सहकार्यमुलक शासनका लागि नयाँ सम्भावनाहरूमा हस्तक्षेप गरिनुपर्नेमा जोड दिएका थिए ।

दायित्व र नेपाल लिडरसिप एकेडेमीको सहकार्यमा आयोजना गरिएको उक्त गोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग,अर्थ मन्त्रालय,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका प्रमुख सरकारी निकायकोहरुको सहभागिता थियो।

त्यस्तै उद्घाटन सत्रमा गभर्नेन्स ल्याबका अध्यक्ष डा पुकार मल्ल, त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका डा. मुक्तसिंह लामा–तामाङले आ आफ्नो विचार राखेका थिए ।

साथै उद्घाटन सत्रमा सरकारका मुख्य सचिव डा बैकुण्ठ अर्याल, नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, टेवा र नागरिक आवाजका संस्थापक एवम महिला अधिकारबादी रीता थापा लगायतका व्यक्तित्वहरुले समावेशी विकास सम्बन्धि आफ्ना धारणा राखेका थिए ।