काठमाण्डौ । गरिमा क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
 

सभाले  गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरु पारित गरेको छ ।
 

सभामा कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयले आव २०७९/८० को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरुले राखेका जिज्ञासाहरुको जवाफ दिएका थिए । 
 

कम्पनीले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरो सेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ  । 
साथै कम्पनीले निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवर्द्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु क्रमशः
 दर्ता तथा सञ्चालन गर्दै अगाडी बढ्ने योजना समेत बनाएको बताएको छ ।

कम्पनीका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुर्‍याउन गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ ।

सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराीईले बताएका छन् ।
 

कम्पनी नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।