काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ग्यालेक्सी हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा एक सम्झौता भएको छ । 
 
साउन २० गते मंगलबार गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ग्यालेक्सी हस्पिटलको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धरले सम्झौतापत्रमा हस्ताक्षर गरेका बैंकले जनाएको छ । 
 
यस सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका कर्मचारी र कर्मचारीका परिवार, भिजाकार्ड होल्डर र मोवाईल बैंकिङ्गका प्रयोगकर्ताहरुले ग्यालेक्सी हस्पिटलमा उपचार गराउँदा हस्पिटल कन्ज्युमेवल र फार्मेसी बाहेक अन्य सेवामा १२ प्रतिशत छुट प्राप्त गर्नेछन । 
 
गरिमा विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक हो । बैंकले काठमाण्डौं उपत्यकाभित्र ११ वटासहित देशभर ९१ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढी एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाण्डौंमा रहेको छ ।