 
                     
                                
                             
                                    काठमाण्डौ । गरिमा विकास बैंकको १ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा यही मंसिर १६ गतेबाट आवेदन खुला गरिने भएको छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ‘गरिमा डिबेन्चर, २०८५’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ। कुल इकाइमध्ये ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ। बाँकी ४ लाख इकाइमा पनि ५ प्रतिशतले हुन आउने २० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने ३ लाख ८० हजार इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
गरिमा विकास बैंकले निष्कासन गर्ने यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक ८.७५ प्रतिशत ब्याज पाउनेछन्।
यस ऋणपत्रमा नेपाल धितोपत्रबाट इजाजत प्राप्ति आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन मिल्छ।
बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको यस ऋणपत्रको निष्कासन बन्द छिटोमा मंसिर २० गते र ढिलोमा पुस १ गते बन्द हुनेछ।
लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १ लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19