 
                     
                                
                             
                                    काठमाण्डौ । गरिमा विकास बैंकको १ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा अब पुस १ गतेसम्म आवेदन दिन पाइने भएको छ।
यसअघि यो ऋणपत्रको निष्कासन बन्द छिटोमा मंसिर २० गते भनिएको थियो। अब पुस १ गतेसम्म आवेदन खुला गरिएको धितोपत्र बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ। यदि यो अवधिमा मागभन्दा बढी आवेदन प्राप्त भएका कुनै पनि दिन सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने पनि क्यापिटलले जनाएको छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ‘गरिमा डिबेन्चर, २०८४÷८५’ नामक ऋणपत्र निष्कासन गरेको छ। कुल इकाइमध्ये ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ। बाँकी ४ लाख इकाइमा पनि ५ प्रतिशतले हुन आउने २० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने ३ लाख ८० हजार इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
गरिमा विकास बैंकले निष्कासन गर्ने यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक ८.७५ प्रतिशत ब्याज पाउनेछन्। लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १ लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्।
यस ऋणपत्रमा नेपाल धितोपत्रबाट इजाजत प्राप्ति आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन मिल्छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19