काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले ग्राहकका लागि विभिन्न योजना सार्वजनिक गरेको हो। 

ग्राहकको हितलाई मध्यनजर राख्दै नयाँ वर्ष २०७९ साल तथा हालसालै साविक केसीएल अस्ट्युट क्यपिटल लिमिटेड अझ विस्तारित भई गरिमा क्यापिटल लिमिटेडको नाममा कार्य शुभारम्भ गरेको यस सुखद् उपलक्ष्यमा विभिन्न विशेष योजनाहरु सार्वजनिक गरिएको छ। 

यस्ता विशेष योजनाहरु 

१. आजीवन हितग्राही तथा मेरो सेयर खाता योजना

यस योजनाअन्तर्गत हितग्राही ग्राहकले मात्र रु. १ हजार ९९९ भुक्तान गरी आजीवन हितग्राही खाता खोल्न÷नवीकरण गर्न सक्नेछन्। यसबाट ग्राहकहरु बर्सेनि हितग्राही तथा मेरो सेयर खाता नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन्। 

२. निःशुल्क अनलाइन हितग्राही तथा मेरो सेयर खाता योजना

यस योजनाअन्तर्गत ग्राहकले गरिमा क्यापिटलको वेबसाइट garimacapital.com मा गई अनलाइन डिम्याट नामको अप्सनमा क्लिक गरी पहिलो वर्षका लागि निःशुल्क हितग्राही तथा मेरो सेयर खाता खोल्न सक्नेछन्। यस योजनाअन्तर्गत पहिलो वर्षको डिम्याट खाता सञ्चालन शुल्कसमेत लाग्ने छैन । 

३. लगानी व्यवस्थापन सेवामा लाग्ने वार्षिक व्यवस्थापन शुल्कमा ५० प्रतिशत छुट

यस योजनाअन्तर्गत ग्राहकले लगानी व्यवस्थापन सेवामा लाग्ने वार्षिक व्यवस्थापन शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्नेछन्। यो योजना २०७९ साल आषाढ मसान्तसम्म मात्र लागू हुनेछ।

ग्राहकले यी सुविधा गरिमा क्यापिटलको काठमाण्डौको हात्तीसारस्थित केन्द्रीय कार्यालय वा गरिमा विकास बैंकका देशैभर फैलिएका शाखा कार्यालय वा गरिमा क्यापिटलको वेबसाइटमा गई उपभोग गर्न सक्नेछन्।