काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरो सेयर खाता खोल्नु भएका सम्पूर्ण ग्राहकले यही असार मसान्तभित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नवीकरण गर्न आग्रह गरेको छ। 

यही क्रममा आफ्ना ग्राहकको हितलाई मध्यनजर गर्दै गरिमा क्यापिटलले डिम्याट र मेरो सेयर खाता नवीकरणमा विभिन्न विकल्पहरुका साथ देहाय बमोजिमका विशेष आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । 

क) दश (१०) वर्षे डिम्याट र मेरो सेयर खाता नवीकरण योजना 

यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु ९९९  भुक्तान गरी दश (१०) वर्षको लागि हितग्राही र मेरो सेयर खाता नवीकरण गर्न सक्नेछन्। यसबाट ग्राहकहरु आगामी दश (१०) वर्षको लागि हितग्राही र मेरो सेयर खाता नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन्। 

ख) पाँच (५) वर्षे डिम्याट र मेरो सेयर खाता नवीकरण योजना 

यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु. ४९९ भुक्तान गरी पाँच (५) वर्षको लागि हितग्राही र मेरो सेयर खाता नवीकरण गर्न सक्नेछन्। यसबाट ग्राहकहरु आगामी पाँच (५) वर्षको लागि हितग्राही र मेरो सेयर खाता नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन्। 

ग) आजीवन डिम्याट र मेरो सेयर खाता नवीकरण योजना 

यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु. १ हजार ९९९ भुक्तान गरी आजीवन हितग्राही खाता र मेरो सेयर खाता नवीकरण गर्न सक्नेछन्। यसबाट ग्राहकहरु जीवनभर वर्षेनी हितग्राही र मेरो सेयर खाता नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन्।