 
                     
                                
                             
                                    काठमाण्डौ । गरिमा विकास बैंकको १ लाख बढी कित्ता सेयर आज साउन २६ गतेबाट बिक्रीमा राखिएको छ।
बैंकले संस्थापक समूहको १ लाख ९ हजार ८११ कित्ता सेयर लिलामीमार्फत बेच्न लागेको हो। यो लिलामी सेयरमा संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक संस्थापक सेयरधनीले न्यूनतम १०० रुपैयाँभन्दा बढी बोलकबोलका साथै आफूले लिन चाहेको सेयर संख्या खुलाई बोलपत्र पेस गर्नुपर्नेछ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा, गरिमा विकास बैंकको लाजिम्पाटमै रहेको केन्द्रीय कार्यालय र शाखाहरु सभागृहचोक, पोखरा, वालिङ, बेनी, नारायणगढ र मलंगवामा पनि बोलपत्र पेस गर्नुपर्नेछ।
बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ ३१ गतेसम्म तोकिएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19