काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेड (साविक केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड) को कार्यालय काठमाण्डौ महानगरपालिका–१ हात्तीसारबाट कमलपोखरीमा स्थानान्तरण भएको छ।
क्यापिलको कमलपोखरीस्थित सिटी सेन्टरको विपरीत दिशाको भवनको दोस्रो तल्लामा स्थानान्तरण भएको हो। हिजो साउन ३० गते सोमबारबाट कार्यालय स्थानान्तरण भई सेवा सञ्चालन गरिएको क्यापिटलले जनाएको छ।
गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो। संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरो सेयर खातासम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ। अब निकट भविष्यमै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु (जस्तैः निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिस्टे«सन, संस्थागत परामर्श, सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड, हेज फन्डलगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु) प्रदान गर्नेछ।
गरिमा क्यापिटलका सेवाहरु ग्राहकसमक्ष पुर्याउन गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजीकरण हुँदै आएको छ।
यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नका लागि विभिन्न नवीनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19