एजेन्सी  यो संसारका धेरै प्राणीको बच्चा जन्माउने प्राकृतिक समय छ । प्रकृतिले नै उनीहरुको सहवास र सन्तान उत्पादन प्रक्रिया नियन्त्रण गरिरहेको छ । तर, मानवले हरेक प्राकृतिक कुरा उलंघन गर्दै आइरहेको छ ।

वर्तमान युगमा पुगेपछि फेरि बहश आरम्भ भएको छ, मान्छेले चाहिँ कहिले सन्तान जन्माउँदा उपयुक्त ? यस विषयमा अनुसन्धान भइरहेका छन् । आफूले जन्म दिने सन्तान स्वस्थ होस् भन्ने हरेकको चाहना हुन्छ । ९ महिनासम्म कोखमा राखेको शिशु जन्मदा पूर्ण रुपमा स्वस्थ भएको देख्ने चाहना अस्वभाविक पनि होइन । यही भएर वैज्ञानिकहरुको ध्यान पनि कहिले बच्चा जन्माउँदा उपर्युक्त हुन्छ भन्ने तर्फ केन्द्रित भएको छ । वैज्ञानिकहरु भन्छन्– बच्चा गर्भाधारणको लागि सबैभन्दा उपर्युक्त समय डिसेम्बर र जनवरी महिना हो । ५ करोड २० लाख गर्भवती महिलामा १२ वर्ष लामो समय लगाएर गरिएको अध्ययनमा धेरै दम्पत्तीले यी दुई  महिना रोजेका थिए ।

सकभर गर्मी महिनामा गर्भवती नबन्न पनि अनुसन्धनमा संलग्न इन्डियान युनिर्भसिटीका वैज्ञानिकहरुले सुझाब दिएका छन् । जनवरी र डिसेम्बरमा गर्भवती हुने महिला गर्भाअवस्थाको अन्तिम समयमा उच्च मात्रामा सूर्यको प्रकाश पाउने अध्ययन टोलीका प्रमुख डा. पउल विनचेस्टर बताउँछन् । आमाले लिएको तापक्रममार्फत प्राप्त हुने भिटामिन डीले शिशुलाई स्वस्थ बनाउने उनीहरुको भनाई छ ।

जुन महिनामा गर्भाधारण स्वास्थ्यका लागि हानिकार हुने उनीहरुको दाबी छ । गर्मी मौसमा खेतीपातीमा प्रशस्त मात्रामा विषाधीको प्रयोग हुने र हावामार्फत त्यसको असर गर्भधारण गर्ने महिलामा पर्ने उनीहरुको तर्क छ । अध्ययन टोलीले डिसेम्बरमा गर्भाधारण गरी सेप्टेम्बरमा बच्चा जन्माउने अभिभावकको संख्या बढी भएको जनाएको छ ।

अध्ययनको परिणामलाई अमेरिकन सोसाईटी फर रिप्रोडक्टिभ मेडिसियनको वैठकमा पेस गर्दै अध्ययन समूहले अगाडि लेखेको छ– रसायनको मौसमी प्रभाव र आईभीएफ गर्भधारणमा भिटामिन डीको प्रभावबारे पछिल्लो समयमा चासो बढेको छ ।

अध्ययन टोलीले जुनमा गर्भाधारण नगर्न पनि सबै दम्पत्तीलाई सुझाब दिएको छ । अमेरिकाको सन्र्दभमा भने सेप्टेम्बर भन्दा पनि मार्च महिनामा बढी बच्चा जन्माइने गरेको एक अध्ययनमा उल्लेख छ ।
(डेलीमेलको सहयोगमा)