गर्मी सिजनमा शरीरलाई फिट राख्नु जरुरी हुन्छ । गर्मीमा शरीरलाई फिट राख्न के–के गर्न सकिन्छ त ? पढौं केही उपयोगी टिप्स :
-जूस, दही, लस्सी, मही, कागती पानी, बेलको सर्बत, नरिवल पानीजस्ता तरल पदार्थ बढी खानुपर्छ । चिया तथा कफीबाट भने सकेसम्म टाढै हुनुहोस् । यिनमा भएका क्याफिनले शरीरलाई डिहाइड्रेट बनाउँछ । ज्यादैं चिसो पानी पनि नपिउनुस् । ज्यादा चिसो पानीले पाचन प्रणालीलाई असर पार्छ र शरीरलाई प्राकृतिक चिसो बनाउने प्रणालीमा नकारात्मक असर पार्छ ।

-गर्मी मौसममा गोलभेंगा, पालुंगो, लौकाजस्ता तरकारी खानुहोस् र यिनीहरुमा कम क्यालोरी हुन्छ र एसिडीटीजस्ता समस्या समाधान हुन्छ । यी तरकारीले गर्मीमा चिसो बनाउन मद्दत गर्छ । यस्तै, मौसमी फलफूल पनि धेरै खानुपर्छ । यसबाट पेट पनि भरिन्छ र क्यालोरी पनि भरिन्छ । तरबूजाले शरीरलाई हाइड्रेट हुनबाट बचाउँछ र छालालाई सूर्यबाट हुने नकारात्मक असरबाट बचाउँछ ।

-सुन्तला र कागतीले पनि छालालाई नरम बनाउछन् र शरीर ताजा बनाउछन् । आँपमा आइरन हुन्छ भने स्ट्रबेरीले युरिनरी समस्याबाट राहत मिल्छ । तौल घटाउन मन छ भने बिहान ब्रेकफास्टमा केरा खानुहोस्, यसमा रहेको पोटासियमले दिनभर तपाईंलाई चुस्त बनाउछ । अमला भिटामिन सी, क्याल्सियम, फस्फोरस वा आइरनको राम्रो स्रोत हो ।

-बिहान–बेलुकी घरमा हल्का अभ्यास गर्नाले गर्मी मौसमका शरीरलाई फिट राख्छ । व्यायामचाहिँ कुनै कुशल गुरुसंग सिक्नुहोस् । यदि कुनै बिरामी हुनुभएको छ भने व्यायाम गर्नुअघि डाक्टरको अनुमति लिनुहोस् । बिहान ६ देखि सात बजेसम्मको समय मर्निङ वाक सबैभन्दा उपयुक्त हुन्छ । बेलुकी खाना खाएपछि पनि १५–२० मिनेट हिडडुल गर्नाले गर्मीमा शरीरलाई फिट राख्न मद्दत गर्छ । नवभारतटाइम्सबाट