काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मौसममा हुने परिवर्तनबाट विश्व महामारी कोरोनाभाइरस संक्रमण प्रसारमा असर पर्नेबारे कुनै प्रमाण फेला परिनसकेको स्पष्ट पारेको छ।

डब्ल्यूएचओको आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले मौसम परिवर्तन वा फेरि तापक्रम बढ्दा यो भाइरसको संक्रमण प्रसार बढ्ने कुनै ठोस प्रमाण नरहेको बताए। ‘हामीसँगै यो कुराको कुनै सटिक प्रमाण छैन, जसले यो पुष्टि गर्छ कि मौसम परिवर्तनले यो भाइरस अझै खतरनाक हुन सक्छ वा फेरि तीव्र फैलिन सक्छ’, उनले भने।

महामारीको सुरुआती अवस्थामा केही विशेषज्ञहरुले गर्मीयाममा यो भाइरसको प्रकोप बढ्ने संकेत गरेका थिए। तर अहिले यो भाइरसले देखाइरहेको व्यवहारबाट यो कुरा पुष्टि नहुने डब्ल्यूएचओले जनाएको छ। 

यसैबीच रयानले विश्वस्तरमा पीपीई किट्सको कमी रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘केही देशमा स्वास्थ्यसुविधाको स्थिति पनि निकै खराब छ, त्यसैले त्यस्ता देशका जनताको स्वास्थ्य अवस्था निकै चिन्ताजनक छ।’ – एजेन्सी