काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले गाभिएका कम्पनीको लागतको भारित औसत गणना (डब्ल्यूएसीसी)का सम्बन्धमा लगानीकर्ताले स्पष्ट पारेको छ। सीडीएससीले एक सूचना जारी गर्दै डब्ल्यूएसीसीका सम्बन्धमा स्पष्ट पारेको हो। 

मर्जर प्रक्रिया सम्पन्न भएपछि एकीकृत कारोबार सञ्चालन गरेका कम्पनीमा गाभिएको कम्पनीको धितोपत्र धारण गर्ने लगानीकर्ताले सेयर सेयरमार्फत आफ्नो लागतको भारित औसत गणना गर्दा, मर्जर प्रक्रियाअगावै मेरो सेयरमार्फत आफ्नो लागतको भारित औसत गणना नगरेको अवस्थामा गाभिएको कम्पनीको लागतको भारित औसत स्वतः रुपमा रु. १०० देखिने र सोही लागतलाई सदर गरी लागतको भारित औसत गणना गर्दा पुँजीगत लाभकर बढी लाग्ने गरेको गुनासो आएपछि सीडीएससीले यस सम्बन्धमा स्पष्ट पारेको हो। 

सीडीएससीले प्रणालीमा यसरी देखिएको लागत आफ्नो वास्तविक लागतभन्दा फरक भएमा प्रणालीमा देखाइएको ‘पर्चेज प्राइस’ परिमार्जन गरी आफ्नो वास्तविक लागत राख्न सकिने र सोको प्रमाणसम्बन्धी विवरण ‘रिमार्कस्’मा राख्न सकिने स्पष्ट पारेको छ।

यसरी प्रविष्टी गरिने विवरणका आधारमा नै लगानीकर्ताले तिर्नुपर्ने कर गणना हुने भन्दै सीडीएससीले कर गणना प्रयोजनाका लागि आफ्नो वास्तविक विवरण राख्नु हरेक नागरिकको कानुनी दायित्व तथा कर्तव्य रहेको समेत स्पष्ट पारे।