काठमाण्डौ । जाडो बढिसकेको छ । जाडोलाई भगाउन मानिसहरु न्यानो कपडासँगै तातोपानीको प्रबन्धतर्फ लाग्न थालेका छन् । यहीकारण बजारमा गिजरको खरिदारी समेत सुरु भइसकेको छ । आम रुपमा हामीले हाम्रो आवश्यकता, सहुलियत तथा बजेटलाई हेरेर गिजर खरीद गर्छौ । तथापि, त्यसको विशेषता, सुरक्षा जस्ता केही आवश्यक र ध्यान राख्ने कुराहरुमा बेवास्ता गर्छौ । यसकारण समेत गिजर खरीद गर्नुअघि केही आवश्यक चिजहरुको बिषयमा सोधपुछ गर्न आवश्यक हुन्छ, ताकि खरीद गरिसकेपछि पछुताउनु नपरोस् । आउनुहोस्, जानौं गिजर खरीदको समयमा के–के कुरामा ध्यान दिनुपर्छ ?

गिजरका प्रकार
इलेक्ट्रिक गिजर
इलेक्ट्रिक गिजरले ग्यास गिजरभन्दा बढी तापक्रममा पानी तताउँछ । तर, ग्यास गिजर भन्दा यो बढी सुरक्षित हुन्छ । यसको मूल्य मध्यम भए पनि संचालन खर्च धेरै हुन्छ । यो ग्यास गिजर भन्दा सानो हुन्छ, यसकारण यसलाई जडान गर्न समेत सजिलो हुन्छ । 

ग्यास गिजर
ग्यास गिजरबाट पानी तताउन एलपीजी तथा प्रोपेन जस्तो ग्यासको प्रयोग हुन्छ । यसले इलेक्ट्रिक गिजर भन्दा धेरै छिटो पानी तातो बनाउँछ । यसको संचालन खर्च पनि इलेक्ट्रिक गिजरको भन्दा लगभग आधा कम हुन्छ । तर, यसको सबैभन्दा खराब पक्ष भनेको यसको ठूलो साइज हो । 

स्टोरेज गिजर
स्टोरेज गिजरमा एउटा ट्याङ्क हुन्छ । जसमा पानी पहिला जम्मा हुन्छ र त्यसपछि तात्तिन्छ । यसको सबैभन्दा कमजोर पक्ष भनेकै यदि पानी ट्याङ्कीमा लामो समयसम्म रह्यो भने तातेको पानी समेत ठण्डा हुन्छ ।

ट्याङ्कलेस गिजर
ट्याङ्कलेस गिजरलाई इन्स्टेन्ट वाटर हिटर्स पनि भनिन्छ । यसमा पानी कहिल्यै खेर जाँदैन ।
आवश्यकता अनुसार छनौट गर्नुहोस्

तपाईले आफ्नो आवश्यकता अनुसार गिजर छनौट गर्नुपर्ने हुन्छ । जस्तो, तपाईलाई तुरुन्तै पानी तातो बनाउने इन्स्टेन्ट वाटर हिटर चाहिएको हो या फेरि ठूलो साइज भएको ग्यास गिजर चाहिएको हो । वा, तपाईलाई स्टोरेजवाला गिजर चाहिएको हो । यी सबै कुरालाई विचार गरेपछि तपाईलाई गिजरको खरिदारी सहज हुन्छ । यसबाहेक परिवारमा सदस्यको संख्या, घरमा तातो पानी कति प्रयोग हुन्छ भन्ने कुराले समेत कुन गिजर छनौट गर्ने भन्ने कुरा निर्धारण हुन्छ ।

थर्मोस्टेटमा ध्यान दिनू
गिजर खरीदको समयमा सबैभन्दा महत्वपूर्ण कुरा भनेकै थर्मोस्टेट हो । थर्मोस्टेटबाट तपाई पानीलाई आफ्नो आवश्यकता अनुसार तातो बनाउन सक्नुुहुन्छ । अधिकांश गिजरमा प्राय एउटा बटन हुन्छ, जसबाट तपाईले तापक्रम एडजस्ट गर्न सक्नुुहुन्छ । तर, कतिपय महंगो मोडेलमा तपाईले तापक्रम म्यानुुअल्ली छनौट गर्नुपर्ने हुन्छ । कतिपय गिजर्समा डिजिटल मिटर्स पनि हुन्छ, जसले पानीको सही तापक्रम देखाउनेछ । यस्तै, कतिपय गिजर्समा भने मौसमको हिसाबले पानी तताउने पावर नियन्त्रण गर्न सकिन्छ  ।

सेफ्टी फिचर्स
गिजर खरीदको समयमा सुरक्षाको बिषयलाई समेत ध्यान दिनुपर्ने हुन्छ । इलेक्ट्रिक गिजर्सको कुरा गर्ने हो भने अधिकांश गिजर सेफ्टी बल्ब्सको साथमा आउँछ, जसको माध्यमबाट तपाई ओभरहिटिङबाट बच्नका लागि तापक्रम तथा प्रेसरलाई नियन्त्रण गर्न सक्नुुहुन्छ । 

ग्यास गिजरको कुरा गर्ने हो भने यसलाई खरीद गर्ने क्रममा तपाईले यसको भेन्टिलेसन सिस्टमको बिषयमा जानकारी हासिल गर्नुपर्ने हुन्छ ।

साइज
तपाईले आफ्नो आवश्यकताका आधारमा गिजरको आकार छनौट गर्नुपर्ने हुन्छ । अधिकांश घरमा सानो बाथरुम हुन्छ, यसकारण यस्तो बेलामा सानो आकारको गिजर छनौट गर्नुपर्ने हुन्छ । 

वारेन्टीमा ध्यान
अधिकांश म्यानुफ्याक्चर्सले गिजर्समा कमसेकम २ वर्षको वारेन्टी दिन्छन् । तर, कतिपय उत्पादकले अलग–अलग पार्टसमा अलग–अलग वारेन्टी समेत दिन्छन् ।

रिमोट कन्ट्रोलवाला गिजर समेत उपलब्ध
कतिपय गिजरमा रिमोट कन्ट्रोलको विशेषता पनि हुन्छ । जसमा तपाईले पानीको तापक्रमलाई रिमोटबाट नियन्त्रण गर्न सकिन्छ । यस्तै, कतिपय गिजरमा टाइमर्स हुन्छ, जस अन्तर्गत तपाईले एक निश्चित समयका लागि पानीको तापक्रम आफ्नो हिसाबले सेड्यूल गर्न सक्नुुहुन्छ ।