काठमाण्डौ । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाण्डौ–सुर्खेत व्यावसायिक उडान सुरु गर्ने भएको छ।
सन् २०२२ को सुरुआतमै यो कम्पनीले थप गन्तव्यका रुपमा सुर्खेत उडान गर्न लागेको हो। हाल बुद्ध एयरलाइन्सले मात्र काठमाण्डौ–सुर्खेत रुटमा उडान गर्दै आएको छ।
गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आज आइतबारदेखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिए। काठमाण्डौ–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ।
अनलाइन टिकटमा काठमाण्डौ–सुर्खेतका लागि रु. ८ हजार ५४५, रु. ९ हजार ५४५ र रु. ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८ः३० बजे काठमाण्डौबाट र सुर्खेतबाट ९ः५० बजे उडान भर्ने जनाएको छ।
प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २ः३० बजे काठमाण्डौबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने बताए। बुद्ध एयरले भने दैनिक बिहान ७ः२० बजे काठमाण्डौबाट उडान भर्दै आएको छ।
- RSS
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19